भाषण गर्दा गर्दै बेहोस भएका वडाध्यक्षको मृत्यु
काठमाडौँ – भाषण गर्दा गर्दै एक वडाध्यक्ष निधन भएको छ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर १ का अध्यक्ष तवारक अहमद मियाको शनिबार दिउसो निधन भएको हो ।
नेकपा एमाले निकट युवासंघ नवलपुरको १०औं अधिवेशनको उद्घाटन सत्रमा स्वागत मन्तव्य राखिसकेपछि बेहोस भएका थिए । अकस्मात व्यहोस् भएका उनलाई अस्पताल लिदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसिरहेकै कुर्चीमा बेहोस भएपछि चितवनस्थित अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।
वडाध्यक्ष मियालाई दिउँसो साढे २ बजे चितवन मेडिकल कलेजमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी डीएसपी जेसी शाहले जानकारी दिए ।
एमालेबाट वडाध्यक्षमा निर्वाचित ३६ वर्षका मियालाई उच्च रक्तचाप रहेको र हृदयाघातका कारण मृत्यु भएको बताइएको छ ।