श्रीमानले हिल जुत्ता नकिनिदिएको झोंकमा सम्बन्ध विच्छेद

मंगलबार, २२ माघ २०८१

काठमाडौँ – भारतस्थित उत्तर प्रदेशको आगरामा अग्लो हिल भएको जुत्ता नपाएको झोंकमा श्रीमान श्रीमतीको सम्बन्धमा दरार आएको छ। आफ्नो पतिले अग्लो हिलको चप्पल नल्याइदिएको भन्दै श्रीमानश्रीमतीबीच भएको विवाद सम्बन्ध विच्छेदसम्म पुगेको छ।

श्रीमतीले हिल जुत्ता माग्ने गरेको र पतिले अस्वीकार गरेपछि उनले कुटपिट गर्ने र झगडा गर्ने गरेको आरोप लगाइएको छ। कुरा यतिसम्म बढ्यो कि श्रीमतीले आफ्ना श्रीमान विरुद्ध प्रहरीमा उजुरी दिइन्। यद्यपि, प्रहरीले यो मुद्दालाई परिवार परामर्श केन्द्रमा स्थानान्तरण गरेको छ।

आगराका यी युवक र युवतीको विवाह २०२४ मा हिन्दू रीतिरिवाज अनुसार सम्पन्न भएको थियो। ती युवतीलाई बाल्यकालदेखि नै अग्लो हिल भएको चप्पल लगाउने सौख थियो। विवाहपछि, पनि ती युवतीले आफ्नो पतिलाई अग्लो हिल भएको चप्पल ल्याउन बारम्बार आग्रह गरेकी थिइन्।

त्यसको केही दिनपछि, श्रीमानले आफ्नी श्रीमतीको लागि त्यस्तै चप्पल ल्याइदिए। तर एक दिन, अग्लो हिल भएको चप्पल लगाएकै समयमा श्रीमती लडिन् र घाइते भइन्। त्यसपछि, श्रीमानले उनलाई अग्लो हिल भएको चप्पल लगाउन दिन अस्वीकार गरे। तर, उनले श्रीमानको कुरा सुनिनन्।

अब, ती युवतीले आफ्नो श्रीमानबाट अर्को अग्लो हिल भएको चप्पल माग गर्न लागिन्। श्रीमानले अस्वीकार गर्दा दुवै जनाबीच झगडा हुन थाल्यो। हरेक दिन दुई जना बीच अग्लो हिलको चप्पलको बारेमा झगडा हुन थाल्यो। गत महिना, उनीहरू विवाद यति बढ्यो कि रिसाएकी श्रीमती आफ्ना आमाबाबुको घर गइन्। उनी पछिल्लो एक महिनादेखि आफ्ना आमाबाबुको घरमा बसिरहेकी छिन्।