कोटिहोमका नाममा मानवसेवा फाउण्डेशको पोखरामा बितण्डा
काठमाडौँ – पशुपतिमा संचालित कोटिहोमबाट बिवादमा तानिएको मानवसेवा फाउण्डेशनमा पोखरामा वितण्डा मच्चाएको छ । जलवायु परिवर्तनले हिमालमा हिउँ देखिन छोडेको अवस्थामा फाउण्डेशनले कोटिहोमका लागि भन्दै धेरै अक्सिजन दिने पोखराका बर पिपलका रुखहरु काटेर वितण्डा मच्चाएको हो । पोखरा वडा नम्बर १४ का वरपीपलका रूख ठुटो पारिएपछि महानगरपालिकासमेत चकित परेको छ ।
कोटिहोमका लागि भन्दै पोखरा वडा नम्बर १४ का वरपीपलका रूख ठुटो पारिएका छन् । शुभमार्ग टोलका चौताराका कतिपय रूख ‘नपलाउने’ गरी काटिए। पोखरा–१३ र ६ वडाका चौताराका रूख पनि कतै काँटछाँट गरिएका छन् भने कतै मुठारेर ठुटे पारिएको छ ।
अनुमतिबिना वरपीपलका रूख ठुटो बनाएर काटिएको महानगरको भनाइ छ। सांस्कृतिक महत्वका ऐतिहासिक चौताराका वरपीपलका रूख मुठारेपछि सामाजिक सञ्जालमा पोखरा महानगरपालिकाको चर्को आलोचना भइरहेको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफूहरूसँग कोटिहोम आयोजकले अनुमति नलिएकोले कारबाही गर्ने बताउँदै आएका छन्।
मानव सेवा फाउन्डेसन, नेपालले वैशाख १७ देखि जेठ २६ सम्म पोखरामा कोटिहोम विराट महायज्ञ गर्ने तयारी गरेको छ। हवन गर्न आवश्यक दाउराका लागि भन्दै वरपीपल, शमीलगायतका रूख काटिएका थिए।