जेनिलाई एसिड हान्ने आफ्नै श्रीमान रहेको खुलासा ? किन हाने एसिड ?

बिहिबार, २ जेष्ठ २०७६

काठमाडौं – बुधवार साँझ काठमाडौँको कालोपुलमा २० बर्षीया युवती जेनी खड्का माथि एसिड हान्ने ब्यक्ति उनका आफ्नै श्रीमान भएको खुलेको छ । काभ्रेपलान्चोकक जिल्लाको फुलबारीका २८ वर्षीय विष्णु भुजेलले एसिड प्रहार गरेको पुष्टि प्रहरीले जनाएको छ ।

भुजेलले कुरा गर्नु छ, भन्दै श्रीमतीलाई डेरा बाहिर बोलाएर एसिड छ्यापेका थिए ।अनुहार र छातिमा एसिड परेकी युवतीको चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ भने भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

जेनीका श्रीमानले श्रीमती आफुसँग बस्न नमानी पछि एसिड प्रहार गरेको प्रारम्भिक बयान दिएका छन्। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको गरिरहेका छ।

यो पनि पढ्नुहोस्

काठमाडौंमा युवतीमाथी एसिड प्रहार, अवस्था गम्भिर !

युवती माथि एसिड प्रहार गर्ने ब्यक्ति प्रहरी नियन्त्रणमा