अबदेखि काठमाडौंका यी सातवटा सडक एकतर्फी

मंगलबार, २९ माघ २०८१

काठमाडौँ – काठमाडौंका सातवटा सडक एकतर्फी हुने भएका छन् । काठमाडौँ महानगरपालिकाका अनुसार वडा नं. ५ अन्तर्गतका विशालनगर तर्फबाट वडा कार्यालयतर्फ जान, हाँडीगाउँ हुँदै ढुङ्गेधारातर्फ, नक्साल भाटभटेनी तर्फबाट आउने सवारी थटु मार्गतर्फ, ढुङ्गेधाराबाट हात्ती महा‌ङ्कालतर्फ, वडा कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ र टंगालबाट प्रवेश वडा कार्यालय प्रवेश निषेध गरिएको छ ।

यसको सट्टा थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महा‌ङ्काल मार्ग हुँदै हाडीगाउँ मार्गतर्फ प्रवेश गर्न पाउने छ ।

महानगरले एक सूचना जारी गर्दै यातायात आवागमन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र सहज बनाउन सडकलाई एकतर्फी बनाउने निर्णय गरिएको बताएको हो।

महानगरपालिकाको भवन व्यवस्था समितिको पुस ५ गतेको निर्णयानुसार फागुन ७ गतेबाट लागू हुने सडकमा एक तर्फबाट मात्र सवारी साधन सञ्चालन हुने जनाइएको छ ।