प्रधानमन्त्री ओलीलाई ठाडो चुनौति दिदै भारतीय सेना र ‘रअ’का सुराकीहरु
भदौ १२, काठमाडौं – बिमस्टेक सम्मेलनको बहानामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका नाम गरी छिमेकी राष्ट्र भारतीयले आफ्ना सेनादेखि गुप्तचर निकायलाई काठमाडौंमा एकहप्ता अगाडिदेखि नै काठमाडौंमा उपस्थित गराएको भन्दै आलोचना भैरहेको छ।
त्यस्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’का कान्छी छोरी ज्वाइँ जीवन आचार्यले भारतीय सेना काठमाडौंमा एकहप्ता अगाडिदेखि उपस्थित रहेको भनेर आलोचना व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भारतको नाम उल्लेख नगरेपनि छिमेकी राष्ट्र भनेर सम्बोधन गर्दै ‘छिमेकी सरकार प्रमुख नेपालमा आउँदा छिमेकी सेनाले हप्तादिन अगाडिबाट नै काठमाडौंलाई घेरा हाल्नु एउटा सार्वभौम सम्पन्न, आफ्नै मौलिक इतिहाँस बोकेको स्वतन्त्र राष्ट्रका लागि यो लज्जाजनक कुरा हो । र, अन्तर्राष्ट्रिय कुटनैतिक मर्यादाले पनि यसो गरिनुलाई राम्रो मान्दैन’, उनले भनेका छन् ।
नेपाली सेनाले बिमस्टेक सम्मेलनको सुरक्षा दिने सरकारले निर्णय गरिसकेको छ । सेनाको कमाण्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानले सुरक्षा दिनेछ । तर, नेपालका सुरक्षा निकायलाई अविश्वास गरेर भारतले आफ्ना सैनिकका साथै गुप्तचर संस्था ‘रअ’लाई काठमाडौंमा एकहप्ता अगाडिदेखि क्रियाशील बनाएकोमा यस्तो आलोचना धेरै हुदैँ आइरहेको छ ।