मधेशवादी दलका कारण प्रधानमन्त्री ओलीको निद हराम
काठमाडौं – मधेशवादी दलका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको निद हराम भएको छ। मधेशवादी दलहरुले आठ दलीय मोर्चा बनाएका ओली नेतृत्वको सरकारलाई असहयोग गर्ने नीति लिएपछि निद हराम भएको हो।
संविधान मधेसवादी दलहरुले संशोधन, मधेशको पहिचान र अधिकारको लागि साझा एजेण्डा बनाएर अगाडि बढ्ने उक्त ८ दलीय मोर्चाको उद्देश्य रहेको बताइएको छ ।
सो ८ दलीय मोर्चाले पछिल्लो समय वार्ता र छलफललाई तीब्रतासमेत दिँदै आएको छ । उक्त मोर्चामा जनता समाजवादी पार्टी (जसपा) नेपाल, अशोक राईको जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टी नेपाल र ब्रिजेशचन्द्र लालको तराई-मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) रहेका छन् ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशवादी ८ दलीय मोर्चामाथि विशेष निगरानी सुरु गरेका छन् । प्रधानमन्त्री ओलीले हिजो सत्तारुढ दलको बैठकमै मधेशवादी दलहरुको मोर्चा र यसको गतिविधिको बारेमा जिज्ञासा राखेका थिए । ओलीले उक्त मोर्चा कस्तो प्रकारको हो, के भइरहेको छ ? भन्ने प्रकारका प्रश्न गरेका थिए ।