सिरानीमुनी यी बस्तु राखेर सुत्नाले मिल्नेछ अपार सफलता

सोमबार, ५ फाल्गुन २०८१

काठमाडौँ – सिरानीमा राखेका महत्वपूर्ण बस्तुले जीवनमा ठूलो सफलता प्राप्त हुने वास्तुविदहरुले बताएका छन् । सुत्ने बेला सिरानीमा पानी भरिएको तामाको भाँडो, हरियो अलैंची, चाँदीको सिक्का, बेसार राख्दा इच्छाएका काम पुराहुने बताइएको छ । सिरानीमा फोन, ल्यापटप जस्ता इलेक्ट्रोनिक सामान तथा छालाबाट बनेका वस्तुहरू राख्दा अशुभ हुन् वास्तुशास्त्रमा उल्लेख छ ।

वास्तुशास्त्रमा मानिसले सुत्ने बेलामा आफ्नो ओछ्यानमा पानी भरिएको तामाको भाँडो राख्नुपर्छ भन्ने मान्यता रहेको छ । अर्को बिहान यो पानी बिरुवामा हाल्नुहोस् । यसो गर्नाले व्यक्तिको लागि प्रगति (सफलता)को ढोका खुल्न थाल्छ ।

कतिपय मानिसलाई धेरै प्रयास गर्दा पनि राम्ररी निन्द्रा लाग्दैन, जसका कारण दिनभर चिडचिडापन रहन्छ र यसको असर स्वास्थ्यमा पनि देखिन्छ । यस्तो अवस्थामा यस समस्याबाट छुटकारा पाउन हरियो अलैंची सिरानीमुनि राखेर सुत्न सक्नुहुन्छ । यसले मानिसलाई राम्रो निन्द्रा दिनुका साथै स्वास्थ्यमा पनि फाइदा पुर्याउँछ ।

धनकी देवीको आशीर्वाद पाउनको लागि पूर्व दिशामा सिक्का राखेर सुत्नु पर्छ । यसबाट देवी लक्ष्मी प्रसन्न भएर साधकमाथि आफ्नो दयालु नजर राख्छिन् । अर्कोतर्फ, सुत्ने बेलामा सिरानीमा बेसार राख्नुभयो भने व्यापारमा फाइदा हुने सम्भावना हुन्छ ।