एसआई युकेले फेब्रुअरी २१ मा ‘मल्टी डेस्टिनेसन एजुकेशन फेयर’ गर्दै
काठमाडौं – नेपालस्थित एसआई ग्लोबलले विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गर्दै मल्टी डेस्टिनेसन एजुकेसन फेयर २०२५ आयोजना गर्ने भएको छ ।
एसआई युकेको पुतलीसडकमा रहेको आफ्नै कार्यालयमा युके, क्यानडा, बेलायत, न्युजिल्यान्ड, आयरल्यान्ड लगाएत बिभिन्न देशका ६० ओटा विश्वविद्यालयहरुको प्रत्यक्ष सहभागितामा मल्टी डेस्टिनेसन एजुकेसन फेयर २०२५ आयोजना गर्न लागेको हो।
मंगलबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै फेब्रुअरी २१ देखि एसआई युकेको केन्द्रीय कार्यालयबाट सुरुहुने फेयर २२ फेब्रुअरीमा पोखरा ब्रान्च, फेब्रुअरी २३ मा बुटवल ब्रान्च हुँदै देशैभरका सबै ब्रान्चमा फेयर गरिने एसआई युकेले जानकारी दिएको छ।
फेयरमा नेपाली विद्यार्थीहरु वैदेशिक अध्ययन गर्न जान चाहने तर प्रोसेसिङ कसरी गर्ने, आफू अध्ययन गर्न जाने देश कस्तो देश हो, त्यहाँको शैक्षिक वातावरण कस्तो छ, आफू अध्ययन गर्न जान लागेको युनिभर्सिटीको रुल कस्तो छ, अध्ययन सकेपछि पोस्ट स्टडी वर्क अप्लाई कसरी गर्ने भन्नेबारे कन्फ्युजन देखिएकाले विद्यार्थीको कन्फ्युजन हटाउन फेयरको आयोजना गरिएको एसआई युकेका निर्देशक विनय अधिकारी बताए ।
फेयरमा विदेश पढ्न किन जाने, हाई क्वालीटी एजुकेसन कसरी लिने, फेयरमा सहभागी विद्यार्थी र अभिभावकहरूले बिभिन्न देशको शैक्षिक कार्यक्रम, छात्रवृत्तिहरू, र करियर मार्गका बारेमा सम्पूर्ण जानकारी प्राप्त गर्दै त्यहाको शैक्षिक गुणस्तर, पिएसडब्लु बारे, विश्वविद्यालयको कोर्ष, डकुमेन्ट, बैंक लोन स्कलरसीप आदीबारे युके क्यानडा, बेलायत न्युजिल्यान्ड र आयरल्यान्डका ६० भन्दा युनिभर्सिटीका प्रतिनिधिहरूवाट प्रत्यक्ष परामर्श लिन पाइने उनको भनाई छ ।
फेयरमा सहभागिता जनाएर आफ्नो कन्फ्युजन दुर गर्न चाहने नेपाली विद्यार्थी अभिभावकहरुलाई अनलाइन आवेदनसमेत खुल्ला गरिएको र सयौंले आफ्नो स्थान सुरक्षित गरिसकेको एसआई ग्लोबलका डिरेक्टर प्रदीप अधिकारीले बताए।
उनले भने, ‘एसआई युके विदेश अध्ययनका लागि जान चाहने विद्यार्थीहरुका लागि उत्कृष्ट शैक्षिक परामर्श केन्द्र बनिसकेको छ र अब हामि अमेरिका, अष्ट्रेलिया, क्यानडा, आयरल्याण्ड, न्यूजील्याण्ड, दुवाई जस्ता देशका प्रतिष्ठित युनिभर्सिटी हरूमा एड्मिसन गराउन सक्षम छौं।’
पत्रकार सम्मेलनमा एसआई युकेका कन्ट्री मेनेजर नन्दन सिंहले स्वागत मन्तव्य राख्दै फेयर विद्यार्थीहरू र शैक्षिक संस्थाहरूको लागि एक महत्वपूर्ण अवसरभएको बताए । उनले भने, ‘विद्यार्थीहरूलाई विदेशमा शैक्षिक अवसरहरूको बारेमा जान्न र आफ्नो भविष्य बनाउन मद्दत पुर्याउने उत्कृष्ट प्लेटफर्म प्रदान गर्दछ। मिडियाको भूमिकालाई हामी उच्च मूल्याङ्कन गर्दछौं र तपाईंहरूको सहयोगले गर्दा विद्यार्थीहरूलाई उपयुक्त जानकारी प्राप्त गर्न मद्दत मिल्नेछ।”
