गोरखा काठमाडौं समाजवादी सम्पर्क मंचको प्रथम भेला भोली
काठमाडौं – गोरखा काठमाडौं समाजवादी सम्पर्क मंचको प्रथम भेला सनिबार (भोलि) हुने भएको छ। नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न गरिने नेकपा गोरखाका इन्चार्ज कलिप सीले जानकारी दिएका हुन् ।
भोलि काठमाडौंको बालाजुस्थित स्कुल अफ इन्जिनियरिङ एड टेक्नोलोजीमा हुन लागेको भेलामा स्थायी घर गोरखा भै काठमाडौंलाई आफ्नो कर्मथलो बनाउदै आएका विभिन्न पेसामा आवद्ध सम्पुर्ण गोरखबासीहरुको उत्शाहजनक उपस्थिती रहने आयोजकले जनाएको हो ।
भेलाले सम्पूर्ण गोरखालीबिचको सामिप्याता बढाई समाजवादी यात्राका लागि एक बलियो आधार तयार हुने आयोजकले दावी गरेको छ।
मध्याह्न १२ बजेबाट सुरुहुने भेलामा विभिन्न सेक्टरका ब्यवसायी, बुद्धिजीवी, युवा विद्यार्थी गरि सयौंको उपस्थिति रहने भेलाको सम्पूर्ण तयारी पूरा भैसकेको छ।
