एसआई ग्लोबलको ‘एजुकेशन फेयर’ सम्पन्न, ८ सय बढी विद्यार्थीको सहभागिता

शुक्रबार, ९ फाल्गुन २०८१

काठमाडौं – एसआई ग्लोबलको ‘मल्टी डेस्टिनेसन एजुकेशन फेयर’ सम्पन्न भएको छ । शुक्रबार एसआई युकेको कार्यालय पुतलीसडकमाा सम्पन्न फेयरमा ८ सय बढी विद्यार्थीहरुले सहभागिता जनाएका छन् ।

विहान १० बजेदेखि सुरु भएको फेयरमा ६५ भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । एसआई ग्लोबलको पुतलीसडकमा रहेको आफ्नै कार्यालयमा भएको फेयरमा युके, क्यानडा, बेलायत, दुबई युएसए, न्युजिल्यान्ड, आयरल्यान्डका विश्वविद्यालयहरुको सहभागिता रहेको थियो ।

उनीहरुले विद्यार्थीसँग खुलेर अन्तरक्रिया गरेका छन् भने विद्यार्थीले पनि आफूलाई लागेका प्रश्नहरु राख्दै कन्फ्युजनहरु हटाएका छन् । फेयरमा सहभागी विद्यार्थीले आफूहरु विदेशीलाई भेट्न पाउँदा निकै खुशी लागेको बताएका थिए । सहभागी विश्वविद्यालयका प्रतिनिधिले पनि विद्यार्थीको सहभागिताले निकै उत्साहित बनाएको प्रतिक्रिया दिएका थिए ।

विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीले भिसा प्रोसेसिङ कसरी गर्ने, आफू अध्ययन गर्न जाने देश कस्तो हो, त्यहाँको शैक्षिक वातावरण कस्तो छ, आफू अध्ययन गर्न जान लागेको युनिभर्सिटीको नीतिहरु कस्ता छन्, अध्ययन सकेपछि पोस्ट स्टडी वर्क अबस्था के छ र कसरी अप्लाई गर्ने  ? लगायतका विषयमा जानकारी प्राप्त गरेका थिए ।

फेयरमा विदेश पढ्न किन जाने, हाई क्वालीटी एजुकेसन कसरी लिने, फेयरमा सहभागी युनिभर्सिटीहरुको शैक्षिक गुणस्तर, पिएसडब्लु बारे, विश्वविद्यालयको कोर्ष, भाषा, डकुमेन्ट, बैंक लोन, स्कलरसीप आदीबारे युके क्यानडा, बेलायत न्युजिल्यान्ड र आयरल्यान्डका साठी भन्दाबढी युनिभर्सिटीका प्रतिनिधिहरूबाट विद्यार्थीले प्रत्यक्ष परामर्श लिएको एसआई ग्लोबलका निर्देशक विनय अधिकारीले बताए ।

उनले भने, ‘आज जुन एस युके अर्थात एसआई ग्लोबल पुतलीसडकको आफ्नै कार्यालयमा ‘मल्टी डेस्टिनेसन एजुकेशन फेयर’ सम्पन्न हुँदै छ सम्भवत यो नेपालमै पहिलो प्रयोग हो । यसबाट विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई भिन्नै किसिमको आभास गराउन सफल भएका छौं।  यो मामिलाई हामीले हाम्रो सम्पूर्ण टिमलाई धन्यवाद दिनुपर्छ किनभने एसआई युके परवारको अथाह मेहनतले हामीले विश्वका टप विश्वविद्यालसँग विद्यार्थी अभिभावकहरुलाई प्रत्यक्ष परामर्श दिएर त्यहाँ अध्ययन गर्तना जाने बाटो खुल्ला गरेका छौं। ‘

त्यस्तै एसआई ग्लोबलका कन्ट्री म्यानेजर नन्दन सिंहले एसआई युकेले निस्वार्थ जे हो त्यहि  विद्यार्थी अभिभावकलाई भनिदिने र ठगिनबाट बचाउने भएकाले पनि यो स्तरको कार्यक्रमबाट हरेक पटक सफलता पाएको दाबी गरे।