टिप्परको ठक्करबाट बाबुछोराको एकैठाउँ मृत्यु
काठमाडौं – टिप्परले मोटरसाइकललाई ठक्कर दिदा बाबुछोराको ज्यान गएको छ । मेची राजमार्गअन्तर्गत हासपोखरीमा भएको दुर्घटनामा ४० वर्षे दीर्घराज राई र उनका बुबा ७० वर्षे पवनकुमार राईको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा बिएन्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्पर चालक इलामका खगेन्द्र थामीलाई प्रहरीले पक्राउ गरेको छ।
सूर्योदय नगरपालिका–६, फाजीगाउँका ४० वर्षे दीर्घराज राई र उनका बुबा ७० वर्षे पवनकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ। झापाबाट घर फर्किंदै गर्दा दीर्घराजले चलाएको प्रदेश १–०३–००१ प १५८५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट गइरहेको को १ ख ६४६२ नम्बरको टिप्परले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा झापाको बिएन्डसी अस्पतालमा मृत्यु भएको प्रहरी जनाएको छ। टिप्पर चालक इलामको माइजोगमाई गाउँपालिका २, शान्तिचोकका ३० वर्षे खगेन्द्र थामीलाई प्रहरीले पक्राउ गरेको छ।