प्रतिबन्धको विरोधमा आज विप्लव नेकपाको बन्द !
काठमाडौं – पार्टी माथि लगाएको प्रतिबन्धको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज रुपन्देही जिल्ला बन्दको आव्हान गरेको छ ।
लुम्बिनिमा बुद्ध जयन्ती मनाउन रुपन्देही आएर बाँस बस्ने भनिएका केपि वलिलाई आफ्नो पार्टीलाई लगाएको प्रतिबन्ध फुकुवा नगर्दासम्म जुन जिल्लामा पुगेपनि बन्द गर्ने घोषणा गरेको सो पार्टीले आज बन्दको घोषणा गरेको हो ।
सेक्रेटेरी अमर आरसिद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “पुर्वघोषित कार्यक्रम अनुसार हाम्रो पार्टीले केपि ओलि गएको जिल्लामा बन्द गर्ने घोषण गरेकोले भोलि ४ गते केपि ओलि रुपन्देहीको लुम्बिनी आउने कार्यक्रम रहेकोले सम्पुर्ण जनताहरुलाई सो कार्यक्रम बहिष्कार गर्न अनुरोध सहित रुपन्देही जिल्ला बन्दको कार्यक्रम घोषणा गर्दछौं । कथित प्रतिबन्ध तत्काल फिर्ता नगरे यसभन्दा अझ कडा संघर्षका कार्यक्रम अगाडि आउने चेतावनी सहित भोलि ४ गते रुपन्देही जिल्लाभर अत्यावश्यक साधनबाहेक यातायात सम्पुर्ण रूपमा बन्द रहने जानकारी सहित, हाम्रो बाध्यात्मक कार्यक्रमलाई सहयोग गर्नुहुन सम्पुर्ण रुपन्देहीबासी जनतामा अनुरोध गर्दछौं ।”