यी हुन् राष्ट्रपति ट्रम्पले डामेका नेपाली बुद्धिजीवी

बुधबार, १४ फाल्गुन २०८१

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालका ९ जना बुद्धिजिविलाई डामेका छन् । नेपालमा हिन्दु धर्मको विरोध गर्न र नास्तिकता फैलाउन अमेरिकाबाट पैसा लिएको भन्दै ट्रम्पले चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, लेखकहरू कृष्ण धारावासी, नारायण वाग्ले, अमर न्यौपाने, खगेन्द्र संग्रौला, कुन्दन दीक्षित, कनकमणि दीक्षित, युग पाठक लगायतमाथि आरोप लगाएका छन् । ।

सन् २०२४ को जनवरी २२ मा अमेरिकामा डोनल्ड ट्रम्पले राष्ट्रपति पद बहाली गरेलगत्तै अमेरिकी संसद्का विदेश मामिला समितिका सभापति सांसद ब्रायन मास्टले नेपालमा नास्तिकता फैलाउन पाँच लाख अमेरिकी डलर खर्च गरिएको भनेर संसद्मा बोले । उनको बोली आएलगत्तै सो काम गर्न ककस्ले पैसा लिए भनेर चर्चा सुरु भयो । त्यसको सबैभन्दा पहिलो सिकार भए, मह जोडी ।

त्यस्तै, राष्ट्रपति ट्रम्पले उनको देशले नेपालमा वित्तीय संघीयताका लागि २ करोड डलर, १ करोड ९० लाख डलर प्रकृति संरक्षणमा र १५ लाख डलर मतदाता शिक्षामा सहयोग गरेको बताएका छन् । यी काममा गरिएको खर्चलाई ट्रम्पले ठगीुकरार गरेका छन् । सामाजिक सञ्जालमा भने धेरैले राष्ट्रपति ट्रम्पले नेपाललाई ठग राष्ट्र करार गरेको भन्ने बुझेका देखियो ।

यसैबीच, सामाजिक सञ्जालमा माथि उल्लेखित लेखकहरूले कुन कुन देशबाट पुस्तक लेख्न वा लेखन वृत्तिका लागि कति पैसा पाए भन्ने एक सूची सार्वजनिक भयो । यति हुन नपाउँदै केहीले उल्लेखित व्यक्तिहरूलाई नेपाल बेच्ने दलाललगायत अनेकौं गलत आरोप लगाउँदै सामाजिक सञ्जाल दूषित बनाएका छन् ।