आज उपत्यकासहित मध्य र पूर्वी पहाडी क्षेत्रमा साँझपख पानी पर्ने

शनिबार, ४ जेष्ठ २०७६

जेठ ४ काठमाडौं – पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भई केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । अरु ठाउँको मौसम भने सफा छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको असरले पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भई केही ठाउँमा पानी परिरहेको मौसमविद् सुवास रिमालले जानकारी दिए  ।

उनका अनुसार आज पश्चिमको मौसम खुल्ने संभावना निकै कम छ ।

यस्तै अहिले सफा रहेको काठमाण्डाै उपत्यकासहित मध्य र पूर्वको पनि पहाडी क्षेत्रको मौसम दिउँसोपछि बदली भई बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेकाे उनले बताए  ।

अरु ठाउँको मौसम भने सफा नै रहनेछ । पश्चिमको मौसम दिनभरी बदली भएपनि राति खुल्ने सम्भावना रहेको मौसमविद् रिमालले बताए  ।