यस कारण सफल भएका हुन्छन प्रत्येक सफल व्यक्ति ?
काठमाडौं – सफल व्यक्ति र असफल व्यक्तिका प्रत्येक क्रियाकलापहरु फरक हुन्छन्, बिहान उठ्ने बेलादेखि राती सुत्ने बेलासम्म नै तिनीहरुको क्रियाकलाप फरक पर्दछ । असफल व्यक्तिलाई बिहान अबेलासम्म सुत्नमा रुची हुन्छ, आनन्द हुन्छ, भने सफल व्यक्तिहरु सूर्याेदय भन्दा पहिला नै विस्तारा त्याग गरिसकेको हुन्छ ।
प्रत्येक बिहान व्यक्तिमा हुने रुची अनुसार उसको दैनिक दिन तथा जीवन चलिरहेको हुन्छ । बिहान अबेलासम्म सुत्ने व्यक्तिको मन यता उता दौडिरहेको हुन्छ । उसलाई जीवनमा के गर्दा ठिक हुन्छ, भन्ने कुरामा पनि अलमल परिरहेको हुन्छ । सम्पुर्ण कुराको योजना मात्रै बनाउँछ तर काम गर्दैन । यो गर्छु, त्यो गर्छु, यो काम यसरि गर्छु आदि इत्यदि कुरा सोचेर मात्र बस्दछ तर काम गर्न अगाडि सर्दैन त्यस्ता व्यक्तिको मन पुरै अनियन्त्रित हुन्छ । जब मान्छेले मनलाई नियन्त्रण गर्न सक्दैन ।
त्यसपछि सम्पुर्ण कुराहरु वर्वाद हुन शुरु गर्दछ जब मान्छेले मनलाई नियन्त्रण गर्न सक्दछ उ सफल र सुखि हुन्छ भने जब यसलाई छाडा छोडिन्छ त्यसपछि उ दुःखी र असफल हुन शुरु गर्दछ । भगवद् गीता ६.५ मा “आत्मैव ह्यात्मनो बन्दुरात्मैव रिपुरात्मन” अर्थात मान्छेले आफुलाई तल खस्न नदेओस्, यो मन उस्को मित्र हो र शत्रु पनि हो भनेर भनिएको छ । हाम्रा शत्रु तथा मित्रहरु मनको कारणले गर्दा नै हुने हो । मनलाई लथालिङ्ग छोडियो भने शत्रुले घेर्न शुरु गर्दछ । जस्तै मनलाई नम्र, सम्मानजनक शब्द तथा अरुलाई सहयोग, इमान्दारि आदि इत्यादि कुराहरुमा व्यस्त राखियो भने यो सबैको मित्र हुन जान्छ ।
तर मान्छे घमण्डी हुन्छ र उसले सोच्छ, म उसको अगाडि किन नम्र हुने, उ म प्रति नम्र हुनुपर्दछ आदि इत्यादि कुराहरुमा बाजाबाज गर्न शुरु गर्दछ । एक जना यस्तो धनी व्यक्ति जो धनको कारणले नियन्त्रित हुन सकिरहेको थिएन । उ धनी त बहुतै थियो तर मनबाट नचाइएको दुःखी थियो किनभने हामिलाई लाग्छ धनी मान्छे सुखी हुन्छ तर वास्तवमा गरिब सुखि हुन्छ । त्यो धनी मान्छेले आफ्ना सबै काम गर्न सक्ने सिपालु र बलियो मान्छे खोजिरहेको थियो तर पाउन सकेको थिएन । धेरै लामो प्रयास पछि उ एउटा प्रेतसँग भेट भयो । प्रेत भनेको एक दैबी चेतनाको शरीर हो जसले मान्छेले भन्दा कैयांै गुणा बढी काम गर्न सक्छ ।
प्रेतको कहानी कुनै कथा होईन । यो प्रायः धेरै जसोलाई थाहा नै छ । मैले प्रेतको बारेमा भन्नु नपर्ला । त्यो प्रेतले धनी व्यक्तिसँग भन्यो –हुन्छ मैले तपाईका सबै काम गरिदिन्छु तर जुन दिन तपाईले मलाई काम दिनुहुन्न त्यो दिन मैले तपाईलाई खान्छु । यो कुरा धनी व्यक्तिले स्वीकार ग¥यो र उसलाई काममा लगायो । उसको २० बर्षदेखि काम गर्न बाँकी भएको सबै काम उसले एक महिनामा नै सकिदियो त्यसपछि धनी मान्छेले खुसि हुँदै उसलाई अर्काे ठुलो शहरमा १५० वटा आफ्नो व्यावसायको शाखा खोल्ने जिम्मा दियो । धनी मान्छेले सोचेको थियो उसलाई यो काम जीवनभरि लाग्नेछ तर उसले सबै काम दुई महिनामै सकिदियो । त्यसपछि धनी मान्छे डरायो । अब यसलाई गर्न दिने केहि काम छैन । अब मलाई यो प्रेतले खाने भयो भनेर शरीर बचाउनको लागि शहरका गल्ली गल्लीमा भाग्न र लुक्न शुरु ग¥यो ।
तर पे्रतले उसलाई पत्ता लगाइहाल्यो । त्यसपछि धनी मान्छे चिन्तीत हुन शुरु ग¥यो । तै पनि आफुलाई संयमित गर्दै उसले विचार ग¥यो र भन्यो हे प्रेत अब तैले मलाई खाने नै भइस् ठिक छ मलाई खान पाउँछस् तर त्यहि नजिकको अर्काे शहरमा गएर त्यो काम गरेर आइज भनेर धेरै काम बतायो । त्यो प्रेत पनि गयो र तुरुन्तै काम सकेर आयो । उता त्यो धनी मान्छे मृत्युको डरले छट्पटाउँदै गुरुको चरणमा गएर शरण पर्दै ग्वार पुकार गरिरहेको थियो ।
त्यो धनी व्यक्ति छट्पटाउँदै आफ्नो समस्या सुनायो । गुरु मुसुक्क हाँस्नुभयो र भन्नुभयो –हेर, तिमी मेरो शिष्य भएको हँुदा मैले तिमीलाई पहिलो भेटमा नै भनेको थिए – तिमी बढी व्यापारमा व्यस्त नहोऔं । प्रत्येक दिन भगवान्को पवित्र नाम “हरेकृष्ण हरेकृष्ण कृष्णकृष्ण हरेहरे हरेराम हरेराम रामराम हरेहरे ” नियमित उच्चरण गर भनेको थिए । तर तिमीले विश्वास गरेनौं । तिमीले तिम्रो काम गर्दा गर्दै पनि यो मन्त्र उच्चारण गर्न सक्थ्यौ दिनमा एक पटक पनि तिमीले उच्चारण गरेनौं । तिमीले मैले भनेको मानेनौं त्यसैले तिमी मृत्युको मुखमा गयौ ।
गुरुमा रिस र घमण्ड नहुने हँुदा पहिलेका सबै कुरा बिर्सेर उसलाई बुद्धि दिनुभयो । उसको पुरै जीवन बचाई दिनुभयो । गुरुको अर्ति अनुसार त्यो धनी मान्छेले प्रेतलाई भेट्यो र भन्यो –ए प्रेत, हिँड मेरो काम अझैं बाकी छ । उसले प्रेतलाई जंगल भित्रको फाँटमा लग्यो र भन्यो –यो पुरै फाँटमा ढुङ्गा र माटोको बिशाल थुप्रो बनाउन अर्डर ग¥यो । त्यो प्रेतले १० मिनटमै विशाल थुप्रो बनायो । धनी मान्छेले भन्यो ल अब १५ कि.मी लम्बाई, १५ कि.मी चौडाई र त्यतिनै कि.मी उचाई भएको अग्लो खम्बा बनाउन भन्यो । प्रेतले तुरुन्तै भयंकर मोटो र अग्लो खम्बा बनायो । त्यसपछि धनीले भन्यो– अब मैले भयो नभनेसम्म यो खम्बामा माथी जाने तल झर्ने फेरि माथि जाने तल झर्ने, माथि–तल, माथि–तल गरि राख । प्रेत सधै खम्बाको तल माथि गर्न व्यस्त भयो ।
यसरि गुरुको अर्ति अनुशार उ समस्याबाट बच्यो । त्यस कारण साँच्चै सफल व्यक्ति त्यति नै बेला सम्भव हुन्छ जति बेला समस्याबाट मुक्त हुन सकिन्छ । सफलता पाउने भन्ने कुरा शरीरको बलसँग, मुढे बलले कठोर परिश्रम गर्दैमा कुनै पनि हालतमा प्राप्त हुन सक्दैन । जीवनको सफलता त जुक्ति र बुद्धि, नियन्त्रित मन र सत्संगमा व्यस्त भएर सजिलै सम्पादन गर्न सकिन्छ ।
अरु थुप्रै यस्तै-यस्तै उत्प्रेरणात्मक कथाहरु पढ्नका लागि यहाँ क्लिक गर्नुहोस ।