परराष्ट्रमन्त्री आरजु चढेको जहाज ओर्लन सकेन
काठमाडौं – परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान काठमाडौं ओर्लन नसकेपछि कोलकाता डाइभर्ट भएको छ । कतार एयरलाइन्समार्फत् दोहाबाट आइरहेको जहाज खराब मौसमका कारण डाइभर्ट भएर कोलकाता ल्यान्ड भएको हो ।
काठमाडौंमा ओर्लन धेरै कोसिस भए पनि मौसमले साथ नदिएपछि कोलकाता लगिएको बताइएको छ । जेनेभामा राष्ट्रसंघको बैठकबाट राणा स्वदेश फर्कदै थिइन् ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावको कारण आज बिहान काठमाडौं उपत्यकामा हल्का पानी परेको थियो ।