सिटी बैंकले ग्राहकको खातामा २८० डलर जम्मा गर्नुपर्नेमा ८१ ट्रिलियन डलर जम्मा गरिदिएपछि हंगामा

आइतबार, १८ फाल्गुन २०८१

काठमाडौं – तपाईँको बैंक खातामा एकै चोटी अप्रत्यसित रुपमा अर्बौ रुपैयाँ जम्मा भयो भने तपाईँ के गर्नुहुन्छ ? यस्तै घटना अमेरिकाको सिटी बैंकले घटाएको छ । बैंकले गल्तीवश एक ग्राहकको खातामा ८१ ट्रिलियन डलर ९११. २५० पद्म नेपाली रुपैयाँ जम्मा गरिदिएपछि हंगामा मच्चिएको छ ।

फाइनान्सियल टाइम्सका अनुसार २८० डलर जम्मा गरिनुपर्ने स्थानमा कर्मचारीको त्रुटिवस यति ठूलो रकम जम्मा गरिदिएका थिए ।

२८० डलर जम्मा गरिनुपर्ने स्थानमा कर्मचारीको त्रुटिले अकस्मात् विशाल रकम ट्रान्सफर भयो। करिब ९० मिनेटपछि अर्को कर्मचारीले यो गल्ती पत्ता लगाएपछि रकम फिर्ता गरिएको थियो।

बैंक निगरानी प्रणालीले तुरुन्तै त्रुटि समातेको र कुनै असर नपरेको बताएको छ। यस्ता गल्तीहरू दोहोरिन नदिन सिटी बैंकलाई गत वर्ष मात्रै अमेरिकी केन्द्रीय बैंकले १३६ मिलियन डलर जरिवाना गरेको थियो।