विनोद चौधरीले पारे जनताको ५९ करोड झ्वाम

सोमबार, १९ फाल्गुन २०८१

काठमाडौँ – डलर अर्वपति विनोद चौधरीले चुट्किको भरमा जनताको ५९ करोड झ्वाम पारेका छन् । सिजी इलेक्ट्रोनिक्समा आगलागी भएको भन्दै सांसदसमेत रहेका चौधरीले नक्कली डकुमेन्ट बनाएर युनाइटेड इन्सुरेन्सबाट ५९ करोड झ्याम पारेका हुन् ।

आगालागी हुँदा ३४ करोडको क्षति भएपनि ८४ करोडको बीमा क्लेम गर्दै ५९ करोड भुक्तानी लिएका हुन् । उनको यो हर्कतविरुद्ध अख्तियार, सम्पत्ति शुद्धीकरण, राजश्व अनुसन्धान र नेपाल राष्ट्र बैंकमा उजुरीसमेत परेको छ ।

सांसद तथा व्यापारी विनोद चौधरीविरुद्ध कारबाहीको माग गर्दै चार वटा निकायमा उजुरी दर्ता भएको छ । चौधरी र उनको व्यापाारिक समूह सिजी ग्रुपले गैरकानुनी काम गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग,सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजश्व अनुसन्धान र राष्ट्र बैंकमा हिजोको मितिमा निवेदन दर्ता गराइएको हो ।

राजकुमार तिमल्सिनाले छानबिनमा हस्तक्षेप नगर्न सरकारी निकायहरुलाई आग्रह गरेका छन् । तिमिल्सिनाले यसअघि न्यायाधीश र केही ठूला मिडिया सञ्चालकको मिलेमतोमा बार्गेनिङ गरेको भनिएको अडियो सार्वजनिक गरेका थिए । उक्त अडियो फेक भएको प्रहरीले पुष्टि गरिसकेको छ ।

उनले सामाजिक सञ्जालमा लेख्दै युनाइटेड इन्सुरेन्सले सिजी इलेक्ट्रोनिक्समा आगलागी भएको नाममा ८४ करोड बीमा क्लेम गरेर ५९ करोड भुक्तानी लिएको दाबी गरेका छन् ।