नगर प्रहरीद्वारा पोखरामा सर्बसाधरणको रामधुलाई
काठमाडौँ – कास्कीको पोखरा महानगरपालिकाको प्रहरीले शुक्रबार (फागुन २३) बिहान स्थानीयरामधुलाई गरेको छ ।
नेपाल ट्रस्ट मातहतको बाराहीघाटमा आज मानव सेवा फाउन्डेसनले गर्ने भनिएको कोटिहोमका निम्ति भूमि पूजन कार्यक्रम थियो । त्यसलाई रोक्न पुगेको नगर प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले रामधुलाई गरेको हो ।
त्यसक्रममा नगर प्रहरीले स्थानीय मिलन पहारीलाई कुटपिट गरेको हो । घाइते उनलाई उपचारका निम्ति मेट्रोसिटी अस्पताल लगिएको छ ।
बाराहीघाटमा बाक्लो संख्यामा नगर प्रहरी र प्रहरीहरू तैनाथ गरिएको छ । पोखरा महानगरका मेयर धनराज आचार्यविरुद्ध स्थानीयले नाराबाजी गरेका छन् ।
महानगरले भने अनुमतिबिना कोटिहोम गर्न लागिएको हुँदा रोक्न खोजिएको जनाएको छ । केही वडाध्यक्ष पनि त्यहाँ उपस्थित छन् ।