एक करोड बुझाएर अमेरिका हिडेका पूर्णबहादुर बिच बाटोमै अस्ताए
काठमाडौँ – एक करोड बुझाएर अमेरिका हिडेका पूर्णबहादुर डाँगी बाटोमै अस्ताएका छन् । दाङ शान्तिनगर गाउँपालिका ७ बुराडाबरका ३५ वर्षीय डाँगी अमेरिकी सपनालाई डेढ वर्षसम्म अनवरत पछ्याउँदा -पछ्याउँदै घानाको जंगलमा अस्ताएका हुन् । मलेसियामा हेभि ड्राइभरको काम गरिरहेका डाँगीले दलालको प्रलोभनमा परेर अमेरिकाको सपना देखेका थिए ।
आइतबारसम्म परिवारको सम्पर्कमा रहेका उनी सोमबारदेखि सम्पर्कबाट टाढा भएका थिए। बिहीबार बिहानै उनको मृत्युको खबर परिवारले पाएको थियो।
अवैधरुपमा अमेरिका छिर्न भयंकर कालहरूलाई जित्नुपर्छ। कालहरूलाई जिन्तेहरू अमेरिका पुग्छन्। जित्न नसक्नेहरू डाँगी जस्तै कोठामा बसेकै समयमा मृत्युवरण गर्नुपर्छ। जङ्गलमा हिँड्दा-हिँड्दै ढल्नुपर्छ। समुद्रमा डुंगा पल्टिएर अस्ताउनुपर्छ। विभिन्न देशमा लुटेराबाट लुटिनुपर्छ।
यस्तै जोखिम मोलेरै डाँगी अमेरिकी सपना बोकेर घरबाट निस्किएका हुन्। दलालको मीठो बचनमा उनले अमेरिकी सपना देखेका थिए। मेलेसिया हुँदा डेढ वर्षअघि उनी उतैबाट अमेरिका जान हिँडे।
रोजगारीका लागि मलेसियामा रहेका उनी हेभि ड्राइभर (सवारी चालक) थिए। परिवारिक स्रोतकाअनुसार उनले मलेसिया हुँदा ठिकै कमाइरहेका थिए। मलेसियामा कुन दलालको सपनामा उनी डुबे उतैबाट अमेरिका हानिए।
तर अमेरिका पुग्न उनी सफल भएनन्। आधिबाटो पुगेर घर फर्किए। घर फर्किएर महिनादिन जति उनी घरमा पनि बसे। तर फेरि करिब ३ महिना अघि उनी अमेरिकी सपना बोकेर घरबाट निस्किएका थिए। तर बिडम्बना उनको अमेरिकी सपना घानाको एक घरमा अस्ताएको छ।
उनको श्रीमति, एक छोरा र एक छोरी छन्।