राती सुत्दा कुन दिशातर्फ सिरानी राख्ने
काठमाडौँ – राती सुत्दा कुन दिशा तर्फ सिरानी राख्ने ? वास्तुशास्त्रको नियम अनुसार सधैँ पूर्व वा दक्षिण दिशातर्फ सिरानी राखेर सुत्नु पर्छ । उत्तर र पश्चिम सिरानी गरेर सुत्दा शरीरभित्र नकारात्मक भावको विकास हुने र तनाव उत्पन्न हुने सास्त्रमा उल्लेख छ ।
दैनिक दिनचर्या, रीति–रिवाज, कर्म संस्कार जस्ता क्रियाकलापले समाजलाई व्यवस्थित र मर्यादित बनाएको छ । योबाहेक वास्तु शास्त्रले पनि हाम्रो दैनिक जीवनलाई व्यवस्थित गर्ने प्रयास गरेको छ ।
वास्तुशास्त्रकै एक नियमले सही ढङ्गले सुत्ने दिशाको पनि व्याख्या गरेको छ । शास्त्रअनुसार सही दिशाको छनोट गरेर सिरानी राख्ने र पैताला फर्किने दिशा मिल्नुपर्छ भनिएको छ ।
सुत्दा सधैँ आफ्नो सिरानी कुन दिशातर्फ फर्किएको छ भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ । सुत्दा उत्तर र पश्चिम सिरानी गरेर सुत्दा शरीरभित्र नकारात्मक भावको विकास हुन्छ, जसको कारण उक्त व्यक्तिलाई बढी तनाव हुने गर्छ । त्यसैले सुत्दा सधैँ पूर्व वा दक्षिण दिशातर्फ सिरानी राखेर सुत्नु पर्छ ।
वास्तु नियमअनुसार पूर्व र दक्षिणतर्फ पैताला फर्काएर सुतेमा उक्त व्यक्तिलाई धेरै किसिमको मानसिक समस्याहरू हुन्छ भनिएको छ । त्यसैले सुत्दा पश्चिम र दक्षिण दिशातर्फ पैताला फर्काउनु हुँदैन ।
दक्षिण दिशातर्फ पैताला फर्काएर सुतेमा उक्त व्यक्तिलाई रोगब्याधी हुने प्रबल सम्भावना रहन्छ । यस्तै उक्त व्यक्तिमा स्मरण क्षमतामा समेत कमी आउने गर्छ । वास्तु शास्त्रअनुसार दक्षिण दिशामा यम र दुष्ट देवहरूको निवास रहेको हुन्छ ।