अमेरिकी सेनाको अर्को एउटा फौज नेपालमा
काठमाडौँ – अमेरिकी सेनाको अर्को एउटा फौज नेपाल आइपुगेको छ । बिहीबार अमेरिकी वायुसेनाको विमानमा १८ जनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
अमेरिकी सेनाको कल साइन आरसीएच १८१५ लेखिएको सी १७ विमानमा मेजर गोञ्जालेज नेतृत्वको सैन्य टोली नेपाल आइपुगेको हो । उनीहरु किन आएको भन्नेबारे केही खुलेको छैन ।
अमेरिकी वायुसेनाको विमानमा आएको १८ जनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो दिउँसो पौने ४ बजे अवतरण गरेको स्रोतको भनाइ छ ।
उक्त विमान काठमाडौंबाट आज पाकिस्तान हुँदै अमेरिका फर्कने छ ।