बलिउड अभिनेता संजय दत्तको ३०८ जना प्रेमिका
काठमाडौँ – एक व्यक्तिले जति जनासँग युवतीसँग प्रेम गर्नसक्ला, २, ५, १० वा २० । तर बलिउड अभिनेता संजय दत्तले ३०८ जनासँग प्रेम गरेको खुलाएका छन् । उनले आफ्ना प्रेमिकाको संख्या ३०८ पुगेको भन्दै अझै थपिने बताएका छन् ।
अभिनेता संजय दत्तले आफ्नो ३०८ जना प्रेमिका भएको दाबी गरेको एउटा भिडियो अहिले भाइरल भएको छ । यही भिडियोका कारण यी अभिनेता अहिले विवादमा परेका छन् । जसका कारण उनको व्यापक टिप्पणी भइरहेको छ ।
यस विषयमा अभिनेता संजय दत्तले आफ्नो पुरानो कमेडी भिडियो भएकाले त्यसलाई गम्भीर रूपमा नलिन आग्रह गरेका छन् । संजयको भनाइमा उनी हास्य कलाकार कपिल शर्माको कार्यक्रममा गएका थिए । कपिल शर्माले संजय दत्तलाई ठट्टा गदै कति उमेरमा आफूले पहिलो प्रेमिका बनाएको भनेर जिज्ञासा राखेका थिए । संजयका अनुसार जवाफमा उनले भनेका थिए, ‘मेरो छिमेकी साथी थिइन् । धेरै सानै उमेरमा उनी मेरो पहिलो प्रेमिका बनेकी थिइन् ।’
सोही कुराकानीमा अहिलेसम्म आफ्नो ३०८ जना प्रेमी भइसकेको संजयले बताएका थिए । कार्यक्रममा अर्चना पूरन सिंहले संजय दत्तलाई आफैँले प्रेमिका गणना गरेको हो भनेर संख्याको ’दयगतमा पनि सोधेकी थिइन् । जवाफमा संजय दत्तले केही प्लस माइनस भएको जवाफ दिएका थिए ।
सो कुराकानीमा मज्जाले हाँस्दै संजय दत्तले यो क्रम अझै नसकिएकाले भविष्यमा ३०९ बन्न सक्ने बताएका थिए । यी अभिनेता आफैँले यस्तो बोलेको यो भिडियो यति बेला भाइरल भएको हो । उनले एक अन्तर्वार्तामा आफू एकै समयमा तीन जना केटीहरूसँग डेट गरिरहेको र कहिल्यै पक्राउ नपरेको दाबी पनि गरेका थिए ।
उनले आफ्नो ३०८ जना प्रेमिकासँग डेटिङ भएको भनाइलाई भारतीय महिलावादीहरूले आपत्ति जनाएका छन् ।