न्यू जावलाखेल तेक्वान्दो डोजाङ्गद्वारा आयोजित राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता सम्पन्न

सोमबार, ६ जेष्ठ २०७६

जेठ ६, काठमाडौं । “न्यू जावालाखेल तेक्वान्दो डोजाङ्ग“द्धारा आयोजित राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०७६ मा सितापाइला तेक्वान्दो डोजाङ्ग प्रथम भएको छ ।
उसले ५० हजार नगदसहित टफी हात पारेको छ । दोश्रो स्थान दिलिप स्मृति र युनाइटेड तेक्वान्दो डोजाङ्ग तेस्रो स्थानमा जीत हासिल गर्न सफल भएका छन् ।

दोश्रो स्थान हासिल गर्ने दिलिप स्मृतिले ३० हजार नगद राशीका साथ टर्फी हात पारेको छ । यस्तै,तेश्रो स्थान हासिल गर्न सफल युनाइटेड तेक्वान्दो डोजाङ्गले २० हजार नगद सहिद मेडल ट्रफी प्राप्त गर्न सफल रह्यो ।
विजेताहरुलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले सम्मानीत गरेका हुन् ।
ललितपुर पाटन भ्रमण जाऔ,आन्तरिक तथा बाह्य पर्यटक बढाऔ भन्ने मुल नाराका साथ गत ३ जेष्ठमा शुरु भई ३ दिनसम्म धोविघाटस्थित फुटसलमा चलेको उक्त प्रतियोगितामा देशैभरबाट ६ सयभन्दा बढी तेक्वान्दो खेलाडीहरुको सहभागिता रहेको थियो ।