दुर्गा प्रसाई भारतको विशेष सन्देशसहित स्वदेश फर्किए

शनिबार, ९ चैत्र २०८१

काठमाडौँ – राजावादी अभियन्ता दुर्गा प्रसाई भारतको विशेष सन्देशसहित स्वदेश फर्किएका छन् । भारतमा तीन दिन विताएका प्रसाईले हिन्दु राष्ट्र कायम गर्न र राजा फर्काउन सहयोग गर्ने भारतको बचनसहित स्वदेश फर्किएका हुन् ।

तिनदिन अघि काठमाडौंबाट नयाँ दिल्ली पुगेका प्रसाईं नेपाल वायुसेवाको उडान नम्बर आरए २१८ मा साँझ सवा ७ बजे काठमाडौं आइपुगेको बुझिएको छ ।

उनी बुधबार दिउँसो इण्डिगो एअरलाइन्सको उडानबाट त्यता गएका थिए । उता जानुअघि  प्रसाईंले चैत १५ गतेदेखि राजा र राजसंस्थाको पक्षमा गणतन्त्रविरुध्द जनविद्रोह गरिने चेतावनी दिएका उनले देश जोगाउने अभियान भन्दै काठमाडौंको तीनकुनेमा १५ गते हुने विद्रोहमा भाग लिन समर्थकहरुलाई आग्रह गरेका छन् । त्यही दिन समाजवादी मोर्चाले रत्नपार्क र भृकुटीमण्डप क्षेत्रमा गणतन्त्र जोगाउने प्रदर्शन गर्दैछ ।

प्रसाईंले बैंक तथा वित्तीय संस्था र विशेषगरी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिएकाहरुलाई ऋणको साँवा तथा ब्याज नतिर्न आह्वान गर्दै आएका छन् ।