बलिउडकी चर्चित गायिका नेहा कक्कड पहिलो पटक काठमाडौं आउंदै
काठमाडौं – बलिउडकी चर्चित गायिका नेहा कक्कड आफ्नो सांगीतिक प्रस्तुतिका लागि पहिलो पटक काठमाण्डौ आउने भएकी छिन् ।
आउँदाे जेठ २५ गते शनिबार आयोजना हुने ‘नेहा कक्कड लाइभ’ मा नेहाले आफ्ना लोकप्रिय गीत-संगीत प्रस्तुत गर्दैछिन् । पारामाउन्ट इन्टरटेन्मेन्टले नेहालाई ठमेलमा रहेको २५ सय दर्शक क्षमताको लर्ड अफ् ड्रिङ्क्स (एलओडी) मा प्रस्तुत गर्न लागेको हो ।
आयोजकले जारी गरेको विज्ञप्तिका अनुसार, ‘नेहा कक्कड लाइभ’ कार्यक्रम जेठ २५ गते शनिबार राति ८ बजेपछि प्रारम्भ हुनेछ । कन्सर्टमा सहभागिता जनाउन गायिका कक्कड जेठ २४ गते शुक्रबार नै आफ्ना ब्याण्डका संगीतकर्मीसहित काठमाण्डौ आउनेछिन् ।