दुर्गा प्रसाईंको दाइने हात पक्राउ

शनिबार, १६ चैत्र २०८१

काठमाडौं – तीनकुने घटनामा संलग्न भएको भन्दै प्रहरीले दुर्गा प्रसाईं निकट युवा समूहका एक कमाण्डरलाई पक्राउ गरेको छ ।

‘रोयल टास्क फोर्स (आरटीएफ)’ भनिने समूहका कमाण्डर मुनिन्द्र राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई बालाजु क्षेत्रबाट आज पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।

उनि मेडिकल माफिया दुर्गा प्रसाईंको दाइने हात मानिन्छन्। तीनकुनेमा अपराधिक घटना घटाउन उक्साएर हिजोदेखि प्रसाईं फरार छन्।  उनको दाइने हात पक्राउ भएसंगै प्रहरी उनको नजिक पुगेको छ।