रवि लामिछानेलाई अर्को झट्का
सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता हुनासाथ संघीय संसद सचिवालयले रविलार्ई सांसद पदबाट स्वतः निलम्बन गरेको थियो। सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनको दफा २७ मा मुद्दा लागेपछि प्रचलित कानुन बमोजिम स्थापित संस्थाको कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिने व्यवस्था छ ।
ऐनको उक्त दफामा भनिएको छ, ‘यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ ।’
उनी सांसद पदबाट निलम्बनमा परेपछि कार्यवाहक सभापति पद डिपी अर्याललाई दिइएको छ। तर, सम्पत्ति शुद्धीकरणमा मुद्दा विचाराधीन रहेको र सांसद पद पनि निलम्बनमा रहेकाले उनी आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न पाउने, नपाउने निश्चित छैन। कतिपय कानुन व्यवसायीले उनी उम्मेदवार बन्न नपाउने भनेकाले महाधिवेशन अनिश्चित गरिएको हो।