कस्ता बिरामीले गाजर खानु हुँदैन ?
काठमाडौँ – गाजरलाई निकै पोषक तत्व भएको खानेकुराका रुपमा लिइन्छ । आँखा र छालाको सुन्दरताको लागि समेत गाजर खानु राम्रो मानिन्छ । तर सबैलाई गाजर फाइदाजनक नहुन सक्छ ।
गाँजरको सेवन स्वास्थ्यका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । यसमा कार्बोहाइड्रेट र चिनी हुन्छ, त्यसैले गाजरको अत्याधिक सेवन मधुमेहको बिरामीका लागि हानिकारक हुने विशेषज्ञले बताएका छन् ।
गाजरमा गोईट्रोजन नामक तत्व पाइन्छ, जसले थाइराइड ग्रन्थीको काममा असर गर्छ । थाइराइड भएका व्यक्तिले गाजरको प्रयोग नगर्नुनै फाइदाजनक हुन्छ । पेटको समस्या भएका व्यक्ति साथै मृगौला रोगी र गर्भवती महिलालाई पनि गाजरले राम्रो गर्दैन ।
मधुमेहको बिरामी गाजरको ग्लाइसेमिक इन्डेक्स कम भए पनि यसको अत्यधिक सेवन मधुमेहका बिरामीका लागि हानिकारक हुन सक्छ । यसले रगतमा चिनीको मात्रा बढाउन सक्छ । जसले गर्दा रगतमा चिनी नियन्त्रण गर्न गाह्रो हुन्छ । त्यसैले मधुमेहका रोगीहरूले गाजरलाई नियन्त्रित मात्रामा सेवन गर्नुपर्छ र चिकित्सकको सल्लाह लिएर मात्रै सेवन गर्नुपर्छ ।
थाइराइडको बिरामी
गाजरले थाइराइड ग्रन्थिको काममा असर पार्न सक्छ । यो तत्वले आयोडिनको अवशोषणमा बाधा पु¥याउँछ । जसले थाइराइड ग्रन्थिको सुन्निने र समस्या निम्त्याउन सक्छ । हाइपोथायराइडिज्म वा अन्य थाइरोइड भएका व्यक्तिहरूले गाजरको उपभोग सीमित गर्नुपर्छ ।
पेटको समस्या भएका व्यक्ति
गाजरमा उच्च मात्रामा फाइबर हुन्छ, जुन पेटको स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर यदि कसैलाई कब्जियत, ग्यास वा एसिडिटी जस्ता पेटसम्बन्धी समस्या छ भने गाजरको अत्यधिक सेवनले समस्या निम्त्याउन सक्छ । गाजरको अत्याधिक सेवनले पेट फुल्ने, ग्यास र अपच जस्ता समस्या निम्त्याउन सक्छ । त
मृगौला रोगी
गाजरमा पोटासियमको मात्रा उच्च हुन्छ, जसले शरीरमा पानीको सन्तुलन कायम राख्न मद्दत गर्छ । तर यसले मृगौलाका बिरामीलाई समस्या निम्त्याउन सक्छ । मृगौलाले राम्रोसँग काम नगर्दा शरीरमा पोटासियमको मात्रा बढ्न सक्छ ।
गर्भवती महिला
गर्भवती महिलाका लागि गाजर फाइदाजनक हुन्छ तर यसको अत्यधिक सेवनले केही समस्या निम्त्याउन सक्छ । गाजरमा भिटामिन ‘ए’ उच्च मात्रामा पाइन्छ, जुन गर्भावस्थामा आवश्यकभन्दा बढी हुन सक्छ । भिटामिन ‘ए’को अत्यधिक सेवनले भ्रुणको विकासमा प्रभाव पार्न सक्छ ।