प्रदुषणमा विश्वकै नम्बर वान काठमाडौँ
काठमाडौँ – विश्वकै प्रदुषित सहरको पहिलो नम्बरमा परेको छ ।
आईक्यूएअरका अनुसार काठमाडौंको वायु प्रदुषणको अवस्था २३९ एक्यूआई पुगेको छ ।
एक्यूआई १५० भन्दा माथि पुगेपछि मानिसका लागि अस्वस्थ्य मानिन्छ ।
जसका कारण दम, श्वासप्रश्वासका रोग, मुटुरोग क्यानसर लगायत रोगको जोखिम उच्च रहन्छ वातावरणविदले बताएका छन् ।
आज विश्वका प्रदूषित सहरको पहिलो नम्बरमा काठमाडौँ परेको हो ।
उक्त सूचक १५१ देखि ३०० बिचमा रहनु अस्वस्थकर मानिन्छ।