शिक्षकहरुले गरे काठमाडौँ कब्जा

बुधबार, २० चैत्र २०८१

काठमाडौं – शिक्षकले काठमाडौँ कब्जा गरेका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरू काठमाडौँ कब्जा गरेका हुन् । काठमाडौँमा देशभरबाट १ लाख पचारहरु शिक्षाहरु उपस्थित रहेको पाइएको छ ।

उनीहरुले आफ्ना माग सम्बोधन नभए उत्तर पुस्तिका नजाँच्ने, पढाउनका लागि विद्यार्थीमा नफर्किने अडान लिएका छन् ।  विद्यालय शिक्षा ऐन जारीको माग गर्दै उनीहरू आन्दोलित भएका हुन्। विद्यालय तहको परीक्षा सकाएर देशभरका शिक्षकहरू काठमाडौंमा भेला भइ प्रदर्शनमा उत्रिएका हुन्।

उनीहरूले विगतमा भएका सम्झौता कार्यान्वयन गरु!शिक्षा ऐन जारी गर,!हाम्रो माग पूरा गरु,!शिक्षक पेशालाई सम्मान गर,!लगायत विभिन्न नारा लगाउँदै प्रदर्शनमा उत्रिएका छन्।

नेपाल शिक्षक महासंघको अगुवाइमा उक्त आन्दोलन भएको हो। दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न दवाव दिने भन्दै प्रमुख राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिएको थियो । तर, सदनको हिँउदे अधिवेशनबाट पनि विद्यालय शिक्षा विधेयक अघि बढ्न नसकेपछि महासंघले अनिश्चितकालीन काठमाडौं केन्द्रीत सडक आन्दोलन सुरू गरेको हो ।

यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने महासंघको माग छ । महासंघले आफ्ना मागहरु पुरा नभए शिक्षकहरु विद्यालय नफर्कने चेतावनी समेत दिएको छ।