टमाटर प्रयोग गर्नुका फाइदै फाइदा

शनिबार, २३ चैत्र २०८१

टमाटर स्वादिलो मात्र होइन अत्यन्त पोषिलो पनि छ। टमाटर स्वास्थ्यका लागि एक अमूल्य उपहार हो, जुन दैनिक आहारमा समावेश गर्दा शरीरलाई भित्रदेखि स्वस्थ र ऊर्जावान बनाउँछ। यसमा भिटामिन ए, सि,के, पोटासियम, फाइबर र शक्तिशाली एन्टिअक्सिडेन्ट लाइकोपिन पाइन्छ जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ। टमाटरले मुटु स्वस्थ राख्ने, छालालाई चम्किलो बनाउने र क्यान्सरको जोखिम घटाउने काम गर्छ।

यसमा रहेको फाइबरले पाचन प्रणाली सुधार्छ र कब्जियत कम गर्न मद्दत गर्छ। टमाटर खाँदा शरीर हाइड्रेट रहन्छ, विशेषगरी गर्मी वा वर्षायाममा यसको सेवन लाभदायक हुन्छ। लाइकोपिनले घामको हानिकारक असरबाट बचाउँछ र उमेरजन्य रोगहरू कम गर्छ। टमाटर सलाद, अचार, सूप वा झोलमा मिसाएर सजिलै खान सकिन्छ। यद्यपि, अत्यधिक काँचो टमाटर खानु अम्लता वा एलर्जीको कारण बन्न सक्छ, त्यसैले सन्तुलित मात्रामा सेवन गर्नु उपयुक्त हुन्छ।

टमाटर खानुका फाइदाहरु…

१ वजन घटाउछ

मानिसलाई वजन घटाउन पनि टमाटर फाइदाजनक छ । तर, टमाटरको सबैभन्दा ठूलो फाइदा भनेको पकाउँदा पनि त्यसको पोषक तत्व जाँदैन ।

२ विभिन्न रोगबाट छुट्कारा

बिहान पानी नपिइकन पाकेको टमाटर खादा स्वास्थ्यको लागि निकै फाइदा पुग्छ । यसले विभिन्न रोगबाट छुट्कारा दिन्छ ।

३ बच्चाको मानसिक तथा शारीरिक विकास

यदि बच्चालाई सुख्खा रोग भएको खण्डमा प्रत्येक दिन एक गिलास टमाटरको जुस पिलाउँदा सुधार हुनसक्छ । त्यस्तै, बच्चाको मानसिक तथा शारीरिक विकासका लागि टमाटर अत्यन्तै फाइदाजनक हुन्छ ।

४ गर्भावस्थामा टमाटरको सेवन

मोटोपन घटाउनका लागि पनि टमाटरको प्रयोग गर्न सकिन्छ । प्रतिदिन एकदेखि दुई गिलास टमाटरको जुस पिउनाले वजन घट्छ । गर्भावस्थामा टमाटरको सेवन गर्नु बहुत फइदाजनक हुन्छ ।

५ अनुहारमा फाइदा

टमाटरको गुदीलाई अनुहारमा दल्दा पनि निकै फाइदा हुन्छ ।

६ क्यान्सरको सेललाई बढ्न दिँदैन

टमाटरमा पाउने लायकोपेनले क्यान्सरको सेललाई बढ्न दिँदैन । विशेषगरी यसले पेट र कोलेरेक्टालको क्यान्सरलाई रोक्ने गर्दछ

८ हड्डी बलियो बनाउँछ

टमाटरमा पाउने भिटामिन र क्याल्सियमले हाम्रो शरीरको हड्डीलाई मजबुद बनाउने काम गर्दछ । त्यसैले जति धेरै टमाटर खायो त्यति नै धेरै फाइदा हुन्छ ।

९ मुटुको रोग नियन्त्रण

टमाटरमा पाउने भीटामिन र पोटेशियमले रगतमा कोलेस्ट्रोलको मात्रा कम गर्दछ । टमाटरको दैनिक सेबनले मुटुसम्बन्धि रोगहरुबाट पनि बचाउन सहयोग गर्दछ ।

१० ब्लड सुगर नियन्त्रण

टमाटरमा मिनरल्स पनि हुने गर्दछ । जसलाई क्रोमियम भन्ने गरिन्छ । जसले ब्लड सुगरको लेवल नियन्त्रण गर्ने गर्दछ । यदि तपाईलाई मधुमेह छ भने आफ्नो खानामा टमाटर अवश्य समावेश गर्नुहोला ।

११ पाचन शक्ति बलियो

टमाटरले पाचन शक्तिलाई सक्रिय बनाउँछ । साथै, लिभरलाई पनि क्रियासिल बनाउछ । टमाटरले कब्जियतबाट पनि मुक्त बनाउछ । यदि तपाइँले कुनै दिन मसलावाला खान धेरै खानु भयो भने अन्तिममा हल्का टमाटर खाने गर्नुहोस् ।