बुधबारदेखि देशभर पानी पर्ने
काठमाडौँ – बुधबारदेखि बिहीबार रातिसम्म देशभर पानी पर्ने भएको छ । पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको पानीको कणसहितको हावाको प्रभावले देशभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बुधबारदेखि देशभर पानी पर्ने सम्भावना रहेको घरबाहिर निस्किदा रनकोट, छाता लिएर जान मौसमविदले सुझाव दिएका छन् । बुधबार देशभर पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । शाखाका अनुसार विशेषगरी कोशी प्रदेश र मधेस प्रदेशका साथै अन्य क्षेत्रका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ।
बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै देशका अन्य केही क्षेत्रमा पनि वर्षा हुने विभागले जनाएको छ।
बिहीबारसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हिउँ पर्ने सम्भावना रहेको छ।