काठमाडौँबाट रङ्गेहात पक्राउ परेका तीन जनाको परिचय खुल्यो

बिहिबार, २८ चैत्र २०८१

काठमाडौँ – काठमाडौँबाट रङ्गेहात पक्राउ परेका तीन जनाको परिचय खुलेको छ ।

काठमाडौंको फर्पिङबाट २ हजार ३ सय ९० ट्याब्लेट ट्रामाडोल लागूऔषधसहित पक्राउ परेका १ जना र ठूलो भर्याङबाट १ सय २६ ट्याब्लेटसहित पक्राउ परेका २ जनाको परिचय खुलेको हो ।

ठूलो भर्याङबाट पक्राउ पर्नेमा नुवाकोटको बिदुर २ का कृष्ण बहादुर तामाङ र बेलकोटगढी १ भानुभक्त खनाल रहेका छन् फपिङबाट पक्राउ पर्ने रौतहट गुजरा २ कटानीका वाङ्पो दोर्जे योञ्जन रहेको प्रहरीले जनाएको छ ।

नुवाकोट बिदुर नगरपालिका-२का ३० वर्षीय कृष्ण बहादुर तामाङ र बेलकोटगढी नगरपालिका-१ घर भइ बालाजु बस्ने ३० वर्षीय भानुभक्त खनाललाई प्रहरी टोलीले लागूऔषध सहित पक्राउ गरेको हो।