अमेरिका यात्रा नगर्न चेतावनी

बिहिबार, २८ चैत्र २०८१

काठमाडौँ – अमेरिका यात्रा नगर्न सरकारले चेतावनी दिएको छ । बढ्दो व्यापार युद्धका बिचमा चीनले आफ्ना नागरिकहरूलाई अमेरिका यात्रा नगर्न चेतावनी दिएको हो ।

चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले एड्भाइजरी जारी गर्दै आफ्ना नागरिकहरूलाई सावधानीपूर्वक यात्रा गर्न्, जोखिमहरूको पूर्ण मूल्याङ्कन गर्न र सोचविचार गरेर यात्रा गर्न भनेको छ ।

चीन–अमेरिकाबिच आर्थिक तथा व्यापारिक सम्बन्धमा आएको तिक्तता र अमेरिकाको घरेलु सुरक्षा अवस्थालाई उद्धृत गरिएको छ । यसैबिच, चीनको शिक्षा मन्त्रालयले छुट्टै चेतावनी जारी गरेको छ ।

विद्यार्थीहरूलाई अमेरिकामा अध्ययन गर्ने निर्णय गर्नु अघि सुरक्षा जोखिमको मूल्याङ्कन गर्न भनिएको छ । पछिल्लो समय चीन र अमेरिकाबिच व्यापार युद्ध भड्किएको छ । अमेरिकाले चिनियाँ सामानमा भन्सार महसुल बढाएपछि चीनले अमेरिकी सामानमा भन्सार महसुल बढाएर ८४ प्रतिशतमा पुर्‍याउने निर्णय गरेको थियो ।

यसको प्रतिकारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानहरूमाथिको अतिरिक्त भन्सार महसुल बढाएर १२५ प्रतिशतमा पुर्‍याएका छन् ।