कुलमान घिसिङ हटाएर बहादुरी देखाएको ऊर्जा मन्त्रालयमा अर्को लफडा
काठमाडौँ – कुलमान घिसिङ हटाएर बहादुरी देखाएको ऊर्जा मन्त्रालयमा अर्को लफडा आइ लागेको छ । राज्यमन्त्री पूर्णबहादुर तामाङले मन्त्रालयका सचिवलाई हटाउन २४ घण्टे स्पष्टीकरण सोधेर अर्को लफडाको सुरुवात गरेका छन् ।
राज्यमन्त्री तामाङले सचिव सुरेश आचार्यलाई पदीय आचरणअनुसार व्यवहार नगरेको भन्दै स्पष्टीकरण सोधेका हुन् ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुनः अर्को विवाद सुरु भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पटक पटक स्पष्टीकरण सोधेर प्राधिकरणबाट हटाएको विवाद सेलाउन नपाउँदै मन्त्रालयमा अर्को विवाद सुरु भएको हो ।
यसपटक भने राज्यमन्त्री पूर्णबहादुर तामाङले सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।
