विदेशमा रहेका ब्वाईब्रेण्डलाई देखाउन एक युवतीले चोरिन् तिन महिने शिसु

आइतबार, ३१ चैत्र २०८१

काठमाडौँ – विदेशमा रहेका ब्वाईब्रेण्डलाई देखाउन एक युवतीले बच्चा चोरेकी छिन् । जंगलबाट बच्चासहित पक्राउ परेकी दैलेखकी १८ वर्षीया किशोरीले भारतमा रहेका आफ्नो केटा साथीलाई देखाउन बच्चा चोरेको स्वीकारेकी छिन् ।

ती किशोरीले गाउँघरमा र सामाजिक सञ्जाल टिकटक लगायतमा आफू गर्भवती छु भनेर हल्ला गरेकी थिइन् । बच्चा जन्माएको प्रमाण देखाउन तीन महिनाकी शिशु चोरेको प्रहरीको भनाई छ ।

किशोरी आफ्नै गाउँका एक युवकसँग प्रेममा थिइन्। ती युवक रोजगारीको सिलिसलामा भारतमा छन्। ‘यसअघि पनि किशोरीले गाउँघरमा र सामाजिक सञ्जाल टिकटक लगायतमा आफू गर्भवती छु भन्ने कुरा उल्लेख गरेको प्रहरी प्रवक्ता लालबहादुर सुनारले बताएका छन्।

तियुवतीले दैलेखको ठाटीकाँध गाउँपालिका १ सिराडीका बमबहादुर बुढाकी तीन महिने छोरीलाई बिहीबार बेलुकी ९ बजेतिर घरभित्रै सुतेको समयमा चोरेर लगेकी थिइन्। त्यसबेला घरनजिकै रूखमा आगो लागेको भन्दै निभाउन बमबहादुर र उनकी श्रीमती निस्केका थिए।