बलि चढाउन मन्दिर हिडेका एकै परिवारका चार जनाको मृत्यु
काठमाडौँ – बलि चढाउन मन्दिर हिडेको एक परिवार दुर्घटनामा परेको छ । नजिकैको तीर्थस्थलमा बोकालाई बलि चढाउन जाँदैगर्दा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
सम्योगले बलि चढाउन लगेको बोका बाँचेको छ । भारतको मध्य प्रदेशस्थित जबलपुर चारगाउमा तीव्र गतिमा रहेको एक कार नदिमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यो घटना बिहीबारको हो, त्यहाँस्थित प्रहरी चौकी क्षेत्रमा तीव्र गतिमा रहेको कार नियन्त्रण बाहिर गई पुलको रेलिङ तोडेर नदीमा खसेको थियो । दुर्घटनामा अन्य दुई जना घाइतेसमेत भएका छन् । भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार चालकले अचानक तीव्र गतिमा रहेको गाडीको नियन्त्रण गुमाएका थिए । र पुलको रेलिङमा कार ठोक्किएपछि गाडी नदीमा खसेको थियो।
त्यसपछि प्रहरीको टोली घटनास्थलमा पुगेको तर कारमा सवार चार जनाको घटनास्थलमै मृत्यु भइसकेको अवस्थामा भेटिएको उनले सञ्चारमाध्यमहरूलाई भनेका छन् । दुई घाइतेलाई भने उपचारका लागि जबलपुर मेडिकल कलेज अस्पताल लगिएको थियो। घाइतेहरूको अवस्था गम्भीर भए पनि उनीहरू होसमा भएका समाचारहरूमा जनाइएको छ ।
गाडीमा सवाहरूले एउटा बोका पनि सँगै लगेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीहरू नजिकैको तीर्थस्थलमा बोकाको प्रतीकात्मकु बलि दिएर फर्किरहेका देखिएको छ । उनीहरू एउटै परिवारका भएका र अनुसन्धानमा संलग्न अधिकारीहरूले जनाएका छन् । बोकालाई पूजा गरेर अन्यत्र बलि दिन लगिएको अवस्थामा कार दुर्घटनामा परेको स्थानीय प्रहरी अधिकारीहरूले जनाएका समाचारमा उल्लेख छ।