नायिका अरुणिमा लम्सालको दोस्रो बिहे पनि असफल
काठमाडौँ – नायिका अरुणिमा लम्सालको दोस्रो बिहे पनि असफल भएको छ । विवाह भएको एक बर्ष नपुग्दै उनको जोडी डिभोर्सको संघारमा पुगेको छ । अरुणिमा लम्सालले डिर्भासको मुद्दा दर्ता गराईसकेको बताएकी छिन् ।
गत भदौमा अमेरिकाबाट छुट्टी मनाउन नेपाल आएका बेला अरुणिमालाई आफन्तमार्फत युवराज श्रेष्ठसँग बिहेको प्रस्ताव आएको थियो । केही दिन आपसमा समय बिताएपछि उनीहरूले तत्काल विवाह गर्ने निर्णय लिएका थिए ।
बिहेभएको छोटोसमयमै अरुणिमा र युवराजको डिभोर्स भएको खबरहरू बाहिरन थालेको छ । तर, यी खबरहरु अहिले बाहिरिन थालेको भएपनि यी दुई जोडीको केही समय अगाडि नै डिभोर्स भएको हो ।
हाल अमेरिकामा रहेकी अरुणिमाले अमेरिकाबाट नै डिभोर्सका लागि फाइल दर्ता गरेकी थिइन् । यतिबेला उनको सामाजिक संजालबाट आफ्ना बिहेका सबै तस्वीर समेत हटेको छ । अरुणिमाले बिहे लगतै युवराजसँगका तस्वीरहरु सामाजिक संजालमा पोस्ट गरेकी थिइन् । यो विषयमा दुबैले मुख भने खोलेका थिएनन् ।