मलेसिया पुगेका दुई नेपाली बेपत्ता

मंगलबार, २ बैशाख २०८२

काठमाडौं – रोजगारीका लागि मलेसिया पुगेका दुई नेपाली बेपत्ता भएका छन् । पूवीनवलपरासी श्यामलाल सुनार र महोत्तरी विकासकुमार मण्डल बेपत्ता भएको खोजी गरिदिन क्वालालम्पुरस्थित नेपाली दूतावासले अनुरोध छ ।  सुनार २ बर्षदेखि र मण्डल २ महिनादेखि सम्पर्क विहिन भएको दूतावासले जनाएको छ

सुनारको खोजीकार्य गरिदिन परिवारले नेपाली दूतावासलगायत मलेसियामा क्रियाशील नेपाली संघसंस्थालाई अनुरोध गरेको छ । यसैगरी, महोत्तरी जिल्लाको साबिक एकरहिया गाविस–७ हाल पिपरा गाउँपालिका वडा नं.  २ बस्ने विनोद मण्डलका छोरा विकासकुमार मण्डल पनि ८ वर्षपहिले मलेसियाको अटा इन्डस्ट्रियल (एम) एसडीएन बीएचडी कम्पनीमा पुगेर काम गर्न थालेका थिए ।

तर, पछिल्लो दुई महिनादेखि उनी घरपरिवारसँग सम्पर्कविहीन रहेको भन्दै खोजी गरिदिन अनुरोध गरेका छन् । उनलाई कोही कसैले कतै देखेमा सम्बन्धित निकायमा जानकारी गराइदिन दूतावासले अनुरोध गरेको छ । दूतावासले हरेक साताजस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघसंस्थालाई आग्रह गर्ने गरेको छ ।

मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइ, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेका र त्यस्ता नेपाली परिवारको सम्पर्कमा आउन नसक्ने भएकाले पनि खोजी गरिदिन कल आउने गरेको दूतावासले जनाएको छ । साथै, कुनै पनि कानुनको उल्लंघन नगर्न र कुनै करणबस त्यस्तो भएको खण्डमा दूतावासले सहयोग गर्ने तथा गर्दै आएको जनाइएको छ ।

मलेसिया पुगेर विभिन्न मुद्दामा जेल पर्नु, प्रेम सम्बन्ध, पारिवारिक मनमुटाव, रोजगारीकै क्रममा विदेशमा मृत्यु, दुर्घटनामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले बन्दी बनाउनु, व्यक्तिगत चाहनालगायत कारणबाट मलेसियामा नेपाली कामदार हराएका हुन् ।