भाकल पुरा गर्न चर्चित नेताकी श्रीमती बनिन् कपाल खौरेर मुण्डन

मंगलबार, २ बैशाख २०८२

काठमाडौँ – चर्चित नेताको श्रीमतिले कपाल खौरिएकी छिन् । भारतको आन्ध्र प्रदेशस्थित जनसेना पार्टीका नेता तथा चलचित्र अभिनेता पवन कल्याणकी श्रीमति अन्ना लेजनेवाले आफ्नो कपाल तिरुमाला तिरुपति मन्दिरमा दान गर्न खौरिएकी हुन् । आफ्नो भाकल पुरा भएको भन्दै अन्नाले भगवानलाई धन्यवाद भन्न कपाल खौरिएर दान गरेकी हुन् ।

यतिबेला सामाजिक सञ्जालमा अन्नाको तस्बिर भाइरल भइरहेको छ । यसमा एक महिलाले उनको कपाल खौरिरहेको देख्न सकिन्छ । अन्नाले आफ्नो कपाल खास कारणले दान गरेको बताइएको छ ।

केही दिन अघि मात्रै सिंगापुरमा एउटा स्कुलमा भएको आगलागीमा अभिनेताको छोरा घाइते भएका थिए । एक जना बालकको ज्यान गएको सो घटनामा पवन कल्याण र अन्नाको ७ वर्षीय छोरा बल्ल बल्ल बाँचे । छोराको सुरक्षाका लागि अन्नाले भगवानलाई धन्यवाद भन्न कपाल खौरिएको बताइएको छ ।

आफ्नो भाकल पूरा भएपछि मानिसहरूले तिरुपति मन्दिरमा कपाल आन गर्ने चलन छ । अन्ना आइतबार तिरुमाला गएर भगवान् वेंकटेश्वको आशीर्वाद लिएकी थिइन् । पवन कल्याणको पार्टी जनसेनाले अन्नाको यात्राबारे एउटा प्रेस रिलिज नै जारी गरेको थियो ।

परम्परालाई ध्यानमा राखेर अन्नाले पध्मावति कल्याण कट्टामा आफ्नो कपाल अर्पण गरेको र एउटा अनुष्ठानमा भाग लिएको विज्ञप्तिमा भनिएको थियो ।