अमेरिकाको भिसा पोलीसी चेन्ज

शुक्रबार, ५ बैशाख २०८२

काठमाडौँ – अमेरिकी दूतावासले अमेरिका भिसा अन्तर्वार्तामा नयाँ मापदण्ड लागु गरेको छ ।

काठमाडौँस्थित दूतावासको सूचना अनुसार वैशाख १५ गतेदेखि सम्पूर्ण भिसा आवेदकहरूले कन्फर्मेसन बारकोड नम्बरसहितको डिएस–१६० भिसा आवेदन फारम बोकेर अन्तरवार्ता दिन जानुपर्नेछ ।

आवेदकहरूले अनलाइन माध्यम अपोइन्टमेन्ट लिँदा प्रयोग गरेको कन्फरमेसन नम्बर र बारकोड नम्बर मेल खानु पर्नेछ। आवेदकहरूले अनलाइन माध्यम अपोइन्टमेन्ट लिँदा प्रयोग गरेको कन्फरमेसन नम्बर र बारकोड नम्बर मेल खानु पर्नेछ।

मेल नखाएको खण्डमा भिसा अन्तर्वार्तामा सहभागी गराउन नसक्ने दूतावासले जनाएको छ। यसरी मेल नखाएको खण्डमा नयाँ अपोइन्टमेन्ट बुक गरेर भिसा आवेदन अगाडि बढाउनुपर्ने उल्लेख गरेको छ।