भाइरल टिकटकर मिस पविको हरिविजोग

आइतबार, ७ बैशाख २०८२

काठमाडौँ – भाइरल टिकटकर मिस पविको हरिविजोग भएको छ । फिल्म ‘माग्ने राजा’मा अनुबन्धित भएकी उनले अभिनय गर्नै नसकेपछि हरिविजोग भएको हो । निर्माण टिमका अनुसार मिस पविले संवाद बोल्नै नसकेपछि भूमिका छोट्याइएको छ । उनका लागि बनाइएको स्कृप्ट अरुलाई दिइएको छ ।

निर्माण टिमका अनुसार मिस पविले संवाद बोल्नै सकिनन्। जति प्रयास गर्दा पनि उनको क्षमता नसुध्रिएपछि करिब चार सिनजतिमा अर्कै कलाकार राखियो। अब टिकटक हुँदै अभिनयमा आउँदैमा अभिनय नै गर्न सक्दैनन् भन्ने पनि हैन। टिकटकबाट चर्चामा आएर अभिनयमा आएका अन्य कलाकार पनि छन् जो टिकिरहेका छन्।

होस्टेल ३ हेर्ने हो भने त अधिकांश मुख्य कलाकारहरू कि टिकटकर छन् कि यूट्युवर। तर तिनीहरूको अभिनय हेर्ने हो भने नियमित अभिनय गरिरहेका कलाकारभन्दा कम देखिएको थिएन।

तर यो मामिलामा मिस पविलाई क्षमताले साथ दिएन। रहर गरेर मात्र अभिनय हुने कुरा पनि भएन। अब फिल्ममै अभिनय गर्ने हो भने उनले अभिनय अनि संवादको क्षमता नबढाएर अभिनयको रहर रहरमै सकिने जोखिम पो देखिन्छ।