हिरासतमै रहेका दुर्गा प्रसाईंमाथि अर्को डेन्जर मुद्धामा पक्राउ पुर्जी

सोमबार, ८ बैशाख २०८२

काठमाडौं –  ‘ऋण लि खा नतिर अभियान’का संयोजक दुर्गा प्रसाईंमाथि अर्को मुद्धा थपिएको छ । नेपाल राष्ट्र बैङ्कले ऋण दुरुपयोगमा अनुसन्धान अघि बढाउन प्रहरीलाई पत्राचार गरेसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैङ्किङ कसुरमा अनुसन्धान सुरु गरेको छ ।

राजद्रोह लगायतका कसुरमा प्रहरीको हिरासतमै रहेका उनलाई अर्को पक्राउ पुर्जी ल्याएर प्रहरीले अनुसन्धान थालेको हो । नेपाल राष्ट्र बैङ्कले ऋण दुरुपयोगमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान अघि बढाउन प्रहरीलाई पत्राचार गरेको छ ।

प्रसाईंमाथि होटेल, अस्पताल तथा विभिन्न व्यवसायका नाममा लिएको अर्बौँ ऋण दुरुपयोग गरेको भन्दै बैङ्किङ कसुरअन्तर्गत अनुसन्धान अघि बढाउन राष्ट्र बैङ्कले पत्राचार गरेको हो ।

चैत १५ मा उनकै नेतृत्वमा तीनकुनेमा भएको आन्दोलन हिंसात्मक भएपछि प्रसाईं भारत फरार भएका थिए । उनलाई भारतीय प्रहरीको सहयोगमा असामबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई विशेष ब्युरोको टोलीले चैत २९ गते नेपाल ल्याएको थियो ।