भरत बमको गैरन्यायिक युनुवा विरुद्धको रिट खारेज

बिहिबार, ९ जेष्ठ २०७६

काठमाडौं – काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’ को गिरफ्तारीविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । सर्वोच्वका न्याधिसद्धय अनिल कुमार सिन्हा र बमकुमार श्रेष्ठको संयुत्त इजलासले रिट खारेज गरेको हो ।

कालिकोट जिल्ला निवासी पत्रकार शोभराज बरालले गत बैशाख ३० गते सोमबार सर्वोच्चमा गैरन्यायिक थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । अदालतले जेष्ठ एक गतेको पेशीमा सुनुवाई गदै जेष्ठ ८ गते बन्दीसहित उपस्थित हुनु भनि विपक्षीका नाममा आदेश जारी गरेको थियो । ८ गतेको पेशी विधिध कारणवस बहस ९ गतेका लागि सरेको थियो ।

बन्दीप्रत्यक्षी करणको रिट हाल्ने पत्रकार बराल क्रान्तिकारी पत्रकार संगठनका देन्दीय सदस्य हुन । नेता बमसहित दुई जनालाई बैशाख २५ गते बुधबार बाँके प्रहरीले गिरफ्तार गरेको थियो । उनलाई हवाइजहाँज मार्फत पुनः इलाका प्रहरी कार्यालय कोहलपुरमा लगिएको छ ।