गम्भीर मुद्धामा जेल चलान भएका एक युवाले गरे जेलमै धुमधामसंग बिवाह
काठमाडौँ – बलात्कार मुद्धामा जेल चलान भएका एक युवाले जेलमै विवाह गरेका छन् । भारतको ओडिसास्थित गंजम जिल्लाका २६ वर्षीय सूर्यकान्त बेहेराले आइतबार जेल परिसरमै प्रेमिकासँग विवाह गरेका हुन् । कारागारमा आयोजित विवाह समारोहमा दुलाहा र दुलहीका परिवारका सदस्य, समाजका प्रतिष्ठित व्यक्ति तथा जेल अधिकारीहरू सहभागी थिए ।
पीडित र बेहेराबीच पुरानो प्रेमसम्बन्ध रहेको बताइएको छ। दुलहीका वकिल पीके मिश्राका अनुसार दुई परिवारबीच केही असमझदारी भएपछि उजुरी दर्ता भएको थियो। पछि आपसी सहमतिमा विवाहको निर्णय लिइएको हो।
जेलर तारिणीसेन देहुरीले कानुनी प्रक्रिया पालना गर्दै विवाह गराइएको जानकारी दिए। “हामीले कारागार प्रशासनको अनुमति लिई हिन्दु परम्पराअनुसार विवाह गराएका हौं,” उनले भने।
विवाहमा बेहुला सजिएर सिंगारिएको गाडी चढेर समारोह स्थल ९जेल० पुगेका थिए। विवाहपछि बेहुली घर फर्किइन् भने बेहुला भने मुद्दा चलिरहेकाले पुनः जेल फर्काइएका छन्।