दुई जना पूर्वप्रधानमन्त्रीको वेइजत

सोमबार, १५ बैशाख २०८२

काठमाडौँ – दुई जना पूर्वप्रधानमन्त्रीको अन्तरराष्ट्रिय वेइजेत भएको छ । शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, झलनाथ खनालको अन्तरराष्ट्रिय बेइजेत भएको हो ।

आन्दोलनमा सहभागी शिक्षकहरूले उनीहरूलाई ‘यहाँ नआउनुस्, संसदमा आवाज उठाउनुस्’ भन्दै नाराबाजी गरेका थिए । प्रदर्शनकारीहरूले माइकिङ गर्दै उनीहरुलाई प्रदर्शनस्थलबाट लखेटेका थिए ।

सोमबार नयाँ बानेश्वरमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगायतका नेताहरू आन्दोलनरत शिक्षकहरूसँग ऐक्यबद्धता जनाउन पुगेका थिए।

तर आन्दोलनमा सहभागी शिक्षकहरूले उनीहरूलाई ‘यहाँ नआउनुस्, संसदमा आवाज उठाउनुस्’ भन्दै नाराबाजी गरे। प्रदर्शनकारीहरूले माइकिङमार्फत नेताहरूलाई कार्यक्रमस्थल छाड्न आग्रह गरेका थिए।

नाराबाजीपछि नेताहरू केहीबेरमै प्रदर्शनस्थलबाट बाहिरिएका थिए। बाहिरिँदै अध्यक्ष नेपालले भने, ‘अरु केही भन्दिनँ, यो आन्दोलनमा हाम्रो ऐक्यबद्धता छ।’

शिक्षकहरूले गत २० चैतदेखि विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गरिरहेका छन्।