दुर्गेश थापाको हेलिकप्टर मोहका कारण दर्शकहरु मारमा
काठमाडौँ – गायक तथा मोडल दुर्गेश थापाको हेलिकप्टर मोहका कारण दर्शकहरु मारमा परेका छन्। दुर्गेसले चार्टर गरेको हेलिकप्टरको भाडा तिरिदिन महोत्सब आयोजकले टिकट सुल्क दोब्बर बनाएपछि दर्शकहरु मारमा परेका हुन् ।
वैशाख ५ गतेदेखि गुल्मीमा जारी महोत्सवमा आफ्नो प्रस्तुती देखाउन सोमबार दुर्गेश सिम्रिक एयरको हेलिकप्टर चार्टर गरेर तम्घास पुगेका थिए। दुर्गेशलाई ल्याउन ४ लाख हेलिकप्टरको र ३ लाख पारिश्रमिक गरि ७ लाखदिनुपर्ने भएकाले टिकटको मूल्य बढाउनु परेको आयोजक गुल्मी चेम्बर अफ कमर्शका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताएका छन्।
बुटवल स् गुल्मीको तम्घासमा भइरहेको दोस्रो गुल्मी महोत्सवमा सोमबारसम्म प्रवेश शुल्क सामान्य तर्फ एक सय र विद्यार्थीलाई ५० रुपैयाँ थियो । तर, मंगलबार एकाएक दोब्बर भयो. दुई सय र एक सय। यसको कारण थिए गायक दुर्गेश थापा।
सोमबार मात्र ७ हजार ५५० जना दर्शकले टिकट काटेर दुर्गेशको प्रस्तुति हेरेको आयोजकको दाबी छ।