गगन थापालाई नमिठो झड्का
काठमाडौँ – सरकारमै रहेर पनि केपी शर्मा ओली नेत्रित्वको सरकारको कडा आलोचक बनेका कांग्रेसका महामन्त्री गगन थापालाई नमिठो झड्का लागेको छ।
थापासँग अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग्ने आदेश दिएपछि झड्का लागेको हो ।
थापाले केही दिनअघि सार्वजनिक कार्यक्रममा संवैधानिक परिषद्को सिफारिसमा भएका ५२ नियुक्तिसम्बन्धी मुद्दा सर्वोच्च अदालतले ‘डिल गरेको’ भन्ने अभिव्यक्ति दिएका थिए। त्यसलाई लिएर अधिवक्ताहरूले अदालतको अवहेलना भएको दाबी गर्दै सर्वोच्चमा निवेदन दिएका थिए।
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले थापाले दिएको अभिव्यक्तिपछि दर्ता भएको अवहेलना निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै लिखित जवाफ माग्ने आदेश दिएको हो।
सर्वोच्चको आदेशपछि अब थापाले लिखित जवाफसहित आफ्नो पक्ष राख्नुपर्नेछ।